NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

१५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडौं । तनहुँमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगर रहेका छन् ।

प्रहरीका अनुसार सोही नगरपालिका दुलेगौडास्थित होटल एण्ड लजमा मगरले किशोरीलाई बुधबार राति करणी गरेका थिए । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।