NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रहरीको गोली लागी उदयपुरमा एक किशोरको मृत्यु, एकजना घाइते

काठमाडौं । प्रहरीले चलाएको गोली लागेर उदयपुरको कटारी नगरपालिकामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् ।

कटारीको १० नम्बर वडा स्थिति सोरुङमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर अर्का १४ वर्षीय किशोर मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

यस विषयमा जानकारी लिँदा जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहरा अनविज्ञता व्यक्त गरे । घटना भएको पुष्टि गरेपनि थप क्षतिबारे बुझ्न घटनास्थलतर्फ थप टोली पठाएको बोहोराले बताए ।