NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मनाङबाट सुरु भयो मतगणना

मनाङ । हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए ।

जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको उनले बताए ।

जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । कूल चार हजार ६७ मत खसेको छ ।