NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोना महामारीले यौन जीवनमा कस्तो असर पार्छ ?

विश्ववभर कोराना भाइरस महामारीको रुपमा फैलिरहँदा कसैलाई यसले यौन जीवनमा के असर पार्छ भन्नेबारे जिज्ञासा बढेको छ ।वैज्ञानिकका अनुसार अहिलेसम्म यौनसम्बन्धमार्फत कोरोना सर्छ भनेर पुष्टि भइसकेको छैन । तर कोही संक्रमित व्यक्तिको नजिक रहँदा भने संक्रमण हुन सक्छ ।

–युनिभर्सिटी अफ इस्ट एंगालियामा मेडिसिन विभागका विशेषज्ञ पल हन्टरले यौन सम्बन्धलाई लिएर ब्रिटिस सरकारको तर्फबाट जारी भएको ताजा एडभाइजरीको मतलबबारे बुझाउने कोशिश गरेका छन् ।

प्राध्यापक पल हन्टर भन्छन्, ‘यदि, पार्टनरमा कोरोना भाइरसको संक्रमणका कुनै लक्षण छैनन् भने यौन सम्बन्धबाट बच्न तपाईंसँग कुनै उपाय हुँदैन । तर, दुईमध्ये एकको स्वास्थवस्था खराब छ भने एक अर्काकोे सामिप्यताबाट टाढै रहनु उचित हुन्छ ।’

–प्राध्यापक हन्टर भन्छन्, ‘यदि, पार्टनरमा कोरोना भाइरसको संक्रमणका कुनै लक्षण छैनन् भने यौन सम्बन्धबाट बच्न तपाईंसँग कुनै उपाय हुँदैन । तर, दुईमध्ये एकको स्वास्थवस्था खराब छ भने एक अर्काकोे सामिप्यताबाट टाढै रहनु उचित हुन्छ ।’

–हन्टर र अर्का एक विशेषज्ञ अहिलेको अवस्थामा आफ्नो नियमित पार्टनरवाहेक अन्य व्यक्तिसँग यौन सम्बन्ध राख्नबाट बच्नुपर्ने बताउँछन् ।

See the source image

–न्यूयोर्कको पब्लिक हेल्थ डिपार्टमेन्टका अधिकारीले यौन गतिविधिलाई लिएर नयाँ गाइडलाइन्स जारी गरेका छन् जसमा के सुरक्षित छ र के छैनबारे प्रष्ट बताइएको छ ।

–हामी दोस्रो व्यक्तिसँग गैरजरुरी सम्पर्क बनाउनबाट बच्नुपर्छ । दूरी बढाउनाले संक्रमण फैलिनबाट रोक्न सक्छ । चुम्बनको माध्यमबाट कोरोना भाइरस सजिलै फैलिन सक्छ । त्यसकारण यदि तपाईँ सिंगल हुनुहन्छ भने केही समय डेटिङ नजानुहोस् । (एजेन्सीको सहयोगमा)