NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

भक्तपुरको मध्यपुरथिमी र सूर्यविनायक नगरपालिकाको मतगणना सुरु

काठमाडौं । भक्तपुरका दुई स्थानीय तहको मतगणना सुरु भएको छ । मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाको मतगणना अहिले बिहानबाट सुरु भएको हो ।

मतगणना सुरु भए पनि प्रारम्भिक परिणाम भने सार्वजनिक गरिएको छैन ।

भक्तपुरका अन्य स्थानीय तहमा भने अहिलेसम्म मतगणना सुरु भएको छैन । बाँकी स्थानीय तहमा शनिबार बिहानबाट गणना गर्ने सहमति बनेको छ ।