NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नुवाकोटको तारकेश्वरमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।

ताजा विवरणमा कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार शिव अधिकारीले १८७ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार रमेशबहादुर वस्तीले ७९ मतका साथ पछ्याइरहेका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवारको अग्रता छ । तर यसमा मतान्तर निकै झिनो छ । निर्वाचत अधिकृतको कार्यालयका अनुसार, माओवादी केन्द्र र एमाले उपाध्यक्षका उम्मेदवारले हासिल गरेको मत क्रमशः ९३ र ८५ छ ।

६ वटा वडा रहेको यो गाउँपालिकको वडा नं. ६ बाट मतगणना सुरु भएको हो । वडा नं. ६ को वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । वडा नं. ६ का कांग्रेस वडाध्यक्ष उम्मेदवारले १३६ मत हासिल गर्दा एमालेका उम्मेदवारले ९७ र माओवादीका उम्मेदवारले ४८ मत पाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष