NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

भरतपुर महानगरपालिकामा अझै मतगणना शुरु हुन सकेन

भरतपुर । भरतपुर महानगरपालिकाको मत गणना अझै हुन सकेको छैन । विहान ८ बजे सर्वदलीय बैठक बसेर ९ बजेबाट मतगणना शुरु गर्ने भनिएपनि बैठक बस्न सकिरहेको छैन ।

दलका प्रतिनिधिहरु आउन ढिलाई हुँदा बैठक बस्न नसकेको निर्वाचन अधिकृत प्रकाश अधिकारीले बताए ।

यस्तै चितवनका अन्य नगरपालिकाहरुमा भने मत गणना भइरहेको छ ।

अहिलेसम्मको नतिजाअनुसार खैरानी नगरपालिकामा एमालेले अग्रता लिएको छ । कालिका नगरपालिकामा कांग्रेस र एमाले बराबर मत पाएको छ । यस्तै राप्ती नगरपालिकामा एमालेले १५२ मत पाएर अग्रता लिएको छ ।