NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

हेटौंडामा मेयरमा एमाले र उपमेयरमा कांग्रेस अगाडि

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिमा मेयरका उम्मेद्वार अनन्त पौडेलले अग्रता लिएका छन् भने उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वार राजेश बानियाँ अगाडि छन् ।

२ सय मतगणना हुँदा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मेयर पदकी उम्मेद्वार मिना लामाले ६५ मत ल्याएकी छिन् ।

यस्तै कांग्रेसका तर्फबाट उपमेयर बानियाँले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२ मत प्राप्त गरेकी छिन् ।