NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गोकुल बाँस्कोटाको पालिकामा एमाले उम्मेदवारभन्दा माधव नेपालका उम्मेदवार अगाडि

काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाको मण्डन देउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एमालेबाटै फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एसले मेयरमा अग्रता लिएको हो ।

तीन सय गणनामा मेयरमा कलम चिन्हले १४५ मत ल्याउँदा एमालेको सूर्यले १३८ मत ल्याएको छ । उपमेयरमा रुखले १२८ र सूर्यले १४५ मत ल्याएका छन् ।

वडा अध्यक्षतर्फ १ मा सूर्य १३७, रुख १०५ र कलम कलम ५४ मतको अवस्थामा छन् ।

यो पालिकामा अघिल्लोपटक एमालेका टोबहादुर वाइबा मेयरमा निर्वाचित भएका थिए । तर एमाले विभाजनपछि उनी नेकपा एसमा पुगेका छन् । मेयर र उपमेयरमा सत्ता गठबन्धनबीच तालमेल भएको छ ।