NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सङ्खुवासभामा मतगणना सुरु

किमाथाङ्का । सङ्खुवासभामा मतगणना सुरु गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शुक्रबार राति १२ बजेबाट मतगणना सुरु गरिएको हो । अहिले खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिका मतगणना जारी छ ।

जिल्लामा चार सय पदका लागि एक हजार ११ जनाले उम्मेदवारी दिएका थिए । जिल्लाभर ६० हजार ६७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी एक लाख १७ हजार ७३१ मतदाता छन् ।