NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

तीन सय मत गणना हुँदा बालेनलाई टक्कर दिंदै सिर्जना, कसले कति मत पाए ?

काठमाडौं । काठमाडौं महागनरपालिकामा तीन सय मतगणना हुँदा मेयरमा स्वतन्त्रका बालेन शाह अगाडि देखिएका छन् । बालेनले ७२ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याएकी सिर्जना सिंहको ७० मत आएको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन् ।

अहिले वडा नम्बर ३२ र १ को गणना भइरहेको छ । ३२ वडाको दुई सय र १ को एक गण्नामा यी तीन उम्मेदवारको यति मत आएको हो ।

मेयरमा बालेनको ३२ नम्बर वडामा राम्रो प्रभाव देखिएको छ । सुरुवातबाटै उनले अग्रता बनाएका थिए ।
स्वतन्त्रका सुमन सायमीले १३ मत प्राप्त गरेका छन् ।
राप्रपाका मदनदास श्रेष्ठको ८ मत मात्रै आएको छ ।