NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बुटवलमा कांग्रेसलाई फराकिलो अग्रता, एमाले राप्रपाभन्दा पनि पछाडि

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ११ सय मत गणना हुँदा एमालेको अवस्था कमजोर देखिएको छ ।

कांग्रेसका खेलराज पाण्डेले ४५५ मत ल्याउँदा राप्रपाका मृगेन्द्र शेरचनले २३६ मत प्राप्त गरेका छन् । त्यसपछि मात्रै एमालेका मेयरका उम्मेदवार छन् । एमालेका बाबुराम भट्टराईको १७९ मतमात्रै आएको छ ।

उपमेयरमा राप्रपाले अग्रता लिएको छ । राप्रपाकी भगवती पाण्डेले २६३, एमालेकी सावित्रा अर्यालले २१५ मत ल्याएकी छिन् । एकीकृत समाजवादीका चीनबहादुर गुरूङको १८२ मत मात्रै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष