NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मनाङको गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ विजयी, उपाध्यक्ष माओवादीलाई

काठमाडौं । मनाङमा कांग्रेसले गाउँपालिका अध्यक्ष जितेको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका धनबहादुर गुरुङ नासों गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

गुरुङ ८२० मत ल्याएर विजयी हुँदा एमालेका मनबहादुर गुरुङले ६४८ मत मात्रै ल्याए ।

गाउँपालिका उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ विजयी भएका छन् ।

यस अघि कांग्रेसले मनाङ र मुस्ताङमा एकएक गाउँपालिका जितेको थियो । योसँगै कांग्रेसले तीनवटा स्थानीय तहमा अध्यक्ष जितेको छ ।