NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित

काठमाडौं । कांग्रेस प्रधानमन्त्री एवं सभापति शेरबहादु देउवाकै वडामा पराजित भएको छ । देउवाको डडेल्धुरास्थित गन्यापधुरा १ बाट कांग्रेस उम्मेदवार पराजित भएका हुन् ।

एमालेसँग मिलेर उठेको कांग्रेस बिपीले कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन् । करुवा चुनाव चिन्हबाट उठेका नरेश भण्डारी अध्यक्षमा निर्वाचित भए । भण्डारीले र ६७३ र पराजित कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

कांग्रेसलाई जिताउन देउवा चार दिन डडेल्धुरामा बसेका थिए । डडेल्धुरामा पूर्व सभापति कर्ण मल्ललाई पार्टीबाट निष्कासन गरेपछि उनले बिपी कांग्रेसलाई समर्थन गरेका थिए । बिपी काग्रेससँग एमाले मिलेपछि देउवाकै वडामा कांग्रेसले नमिठो हार बेहोरेको हो ।