NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यिनै हुन् करुवा चिह्न बोकेर देउवाको वडामा कांग्रेस हराउने भण्डारी

काठमाडौं । पाँचपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको वडामै कांग्रेस पराजित हुन पुगेको छ । देउवाले चार दिन बसेर भोट हालेको डडेल्धुराको गन्यापधुरा १ बाट बिपी कांग्रेसका उम्मेदवारसँग कांग्रेस वडा अध्यक्षका उम्मेदवार पराजित भएका हुन् ।

करुवा चिन्हबाट उठेका कांग्रेस बिपीका नरेश भण्डारीले शक्तिशाली प्रधानमन्त्रीको पार्टीलाई हराएका हुन् । भण्डारीले ६७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार १२९ मतले पछि परेका हुन् ।

डडेल्धुरामा पूर्व सभापति कर्ण मल्ललाई कांग्रेसले कारवाही गरेपछि कांग्रेस बिपीलाई मल्ल पक्षले समर्थन गरेको थियो । बिपीबाट मल्लले नै नरेशलाई उठाएका थिए । एमाले पनि कांग्रेस बिपीकै पक्षमा उभिएपछि कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भएका हुन् । वडामा कांग्रेस बिपीले प्यानल नै जितेकाे हाे ।

गन्यापधुरामा कांग्रेस बिपीले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । वडामा पनि मिलेर लडेका थिए । कुनै समय देउवाकै विश्वासपात्र एवं निकटका नेता मल्ललाई कारवाही गरेपछि देउवाले चार दिन डडेल्धुरामा बिताए पनि आफ्नै वडामा जिताउन नसकेका हुन् । क्रियाशील सदस्यतादेखिकाे विवाद बढेपछि देउवा र मल्लकाे सम्बन्ध थप चिसिएकाे थियाे ।

डडेल्धुरामा कांग्रेसकै असन्तुष्ट पक्ष एमालेसँग मिलेपछि देउवालाई झट्का

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित