NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जुम्लाको कनकासुन्दरीमा माओवादी र कांग्रेसबीच कडा टक्कर

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा माओवादी र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

जारी गणनामा त्यहाँ माओवादीका उम्मेदवारले २८९ मत ल्याएका छन् । उनलाई नजिकबाट पछ्याइरहेका दामोदर आचार्यले २७७ भोट पाएका छन् । त्यहाँ एमाले र एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवारको मत क्रमशः ५० र ४० छ ।

उपाध्यक्षमा माओवादीकी रीता खत्रीले ३५१ मतका साथ लिड गरिरहेकी छन् । उनलाई कांग्रेसकी प्रेमकली बुढाले २८९ मतसहित पछ्याइरहेकी छन् । माओवादीकी धनलक्ष्मी तिवारीको २६ मत छ ।