NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

धादिङको नीलकण्ठमा गठबन्धन अगाडि, पछिपछि एमाले

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारले झिनो अग्रता बनाएका छन् । उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार अगाडि छन् ।

गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका कांग्रेसका भीमप्रसाद ढुंगानले एमालेका गंगादेवी श्रेष्ठलाई पाँच मतले पछि पारेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार, ढुंगानाले ११७ मत ल्याउँदा श्रेष्ठले ११२ मतका साथ चुनौती दिइरहेकी छन् ।

त्यसैगरी उपमेयरमा पनि गठबन्धनका उम्मेदवार दीपक विश्वकर्मा अगाडि छन् । विश्वकर्माले १२२ मत हासिल गर्दा उनलाई नजिकबाट पछ्याइरहेका एमालेका फन्दा तामाङले १२२ मत बटुलेका छन् । स्वतन्त्र उम्मेदवारी दिएकी कल्पना अधिकारीले ५६ भोट पाएकी छन् ।

अहिले यो नगरपालिकाको वडा नं. १ मा मतगणना जारी छ । वडागत रूपमा माओवादी केन्द्र अगाडि छ । त्यहाँ माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले १८९ र एमालेकाले १५३ प्राप्त गरेका छन् ।