NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

६ महानगरपालिका : ५ मा गठबन्धन अगाडि हुँदा एकमा स्वतन्त्र, एमालेको शुन्य अग्रता

काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामध्ये पाँचवटा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन शाहले अग्राता लिनुबाहेक ५ महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।

अघिल्लोपटक दुईवटा महानगरपालिका जितेको एमाले प्रारम्भिक चुनावी मतगणनामा कुनैमा अग्रतामा छैन ।

काठमाडौंमा स्वतन्त्रका बालेनले ८४२ मत ल्याएका छन् । उनलाई पछ्याएका एमालेका केशव स्थापितले ७२३ मत ल्याएका छन् ।

भरतपुरमा पनि एमाले उम्मेदवार विजय सुवेदीविरुद्ध माओवादीकी रेनु दाहालले ७० को अग्रता लिएकी छिन् ।

ललितपुरमा कांग्रेसका चिरिबाबुले सुरुवातबाटै फराकिलो अग्रता लिइरहेका छन् ।

पोखरामा पनि नेकपा एसका उम्मेदवारले एमालेमा िअग्रता लिएका छन् ।

विराटनगरमा एमालेका उम्मेदवार सागर थापाविरुद्ध कांग्रेसका नागेश कोइरालाले निरन्तर अग्रता बनाइरहेका छन् । कोइराला दुई सय बढीले निरन्तर अग्रतामा छन् ।

वीरगञ्जमा पनि जसपाका राजेशमान सिंहले अग्रता बनाएका छन् । एमालेका विजयकुमार सरावगी पछाडि परिरहेका छन् ।