NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका रावल विजयी

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।

माओवादीसँग चुनावी तालमेल रहेको खार्पुनाथमा रावल एक हजार आठ सय १० मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याए ।

गठबन्धनका तर्फबाट उपाध्यषमा माओवादकिा ज्ञानबहादुर सिंह विजयी भए । उनले १८७२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत मात्रै ल्याउन सफल भए । वडामा पनि गठबन्धनले नै जितेको छ ।