NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

लिभरपुललाई आठौंपटक एफए कपको उपाधि

काठमाडौं । लिभरपुलले आठौंपटक एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै लिभरपुल विजेता बनेको हो ।

इंग्ल्याण्डको वेम्बली रंगशालामा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा लिभरपुलले बाजी मारेको हो ।

लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे भने साडियो माने गोल गर्नबाट चुके ।

यस्तै, चेल्सीका मार्कुस अलोन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गरे पनि कप्तान सेजर एज्पिलिक्वेटा र मासन माउन्ट चुके । जसका कारण चेल्सी उपाधि जित्नबाट बन्चित भयो ।

लिभरपुल र चेल्सीले समान आठ पटक इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको उपाधि जितेका छन् ।