NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पनौती २ मा एमालेका अधिकारी विजयी

काठमाडौं । काभ्रे पनौती २ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका पुरूषाेत्तम अधिकारीले कांग्रेस उम्मेदवारलाई ३७ मतान्तरले पराजित गरेका हुन् ।

एमालेको बलियो प्रभाव रहेको कुशादेवी क्षेत्रमा निक्कै प्रतिस्पर्धात्मक बनेको गणनामा अधिकारीले अन्ततः बाजी मारेका हुन् ।

अधिकारीले अघिल्लाेपटक पनि एमालेबाटै वडा अध्यक्ष जितेका थिए ।