NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

माओवादीले काठमाडौंमा खोल्यो जितको खाता

काठमाडौं । माओवादी केन्द्रले काठमाडौंमा जितको खाता खोलेको छ ।

काठमाडौंका अधिकांश स्थानीय तहमा गठबन्धन गरेर चुनावमा होमिएको माओवादीले चन्द्रागिरि नगरपालिका–२ को वडाध्यक्षमा विजय हासिल गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त गरी जित दर्ता गरेको जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत पाए ।

वडा नं. १ को वडाध्यक्षमा भने कांग्रेसका हरिश्याम रानामगर विजयी भएका छन् । १ हजार १२१ मतका साथ रानामगर विजयी हुँदा उनका निकटमत प्रतिद्वन्द्वी एमालेका राजेन्द्र केसीले एक हजार ५७ मत हासिल गरेका छन् ।

चन्द्रागिरि नगरपालिकामा अहिले मतगणना भइरहेको छ । जारी मतगणनामा मेयरतर्फ कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।