NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आजदेखि सातामा दुईदिन विदा

काठमाडाैं । सरकारले हप्तामा दुईदिन विदा दिने निर्णय गरेसँगै जेठ १ गते अर्थात  आजबाट लागु हुने भएको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार विदा दिने निर्णय गृह मन्त्रालयले यसभन्दा अघि राजपत्रमा प्रकाशित गरेको थियो । यसअघि वैशाख १३ मा बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरेको थियो ।

सरकारको निर्णय राजपत्रमा प्रकाशित भएसँगै आजबाट सरकारी कर्मचारीले दशैं–तिहारबाहेक हप्ताको दुईदिन विदा बस्ने पाउने छन् । सरकारी कार्यालयका साथै बैंकहरू पनि सातामा दुईदिन बन्द हुने भएको छ । अब बैंकहरू पनि सोमबारदेखि शुक्रबारसम्म खुला रहने छन् । बीमा कम्पनीहरू पनि सातामा दुईदिन बन्द गर्न बीमा समितिले निर्देशन दिइसकेकेको छ ।

दुईदिन विदा हुने भएपछि सरकारी कर्मचारीको कार्यलय समय भने थप भएको छ । राजपत्रमा उल्लेख गरेअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९: ३० देखि बेलुका ५: ३० सम्म कार्यालय समय तोकिएको छ । त्यस्तै कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान ९: ३० देखि ४:३० सम्म समय तोकिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष