NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पोखरा महानगरमा दुई स्थानमा मतगणना, हजार गन्दा सय बदर

पोखरा । पोखरा महानगरमा मतगणना कार्य ढिलाई भएपछि दुई ठाउँमा मतगणना शुरु भएको छ ।

२४ घण्टामा जम्मा चार मतपेटिकाको मत मात्र गणना भएपछि एकै साथ दुई स्थानबाट मतगणना शुरु भएको हो ।

अहिलेसम्म पोखरा महानगरमा ६ वटा मतपेटिका खोलिएको छ । मतगणनाका क्रममा एक हजार मत गणना गर्दा करिब एक सयका दरले बदर मत भेटिएको मतगणना स्थलका एक अधिकारीले नेपालवाचलाई बताए ।

उनका अनुसार गठबन्धनका पक्षमा परेका अधिकाश मत बदर भएका छन् ।

उम्मेदवार नभएको चिन्हमा मतदान भएर सबैभन्दा धेरै मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष