अहिलेसम्म एमालेले ८ पालिकामा विजयी हुँदा एकीकृत समाजवादी २ मा सिमित

काठमाडौं । शुक्रबार भएको स्थानीयत तह निर्वाचनको मतपरिणा आउने क्रम जारी छ । पछिल्लो आंकडा अनुसार एमालेले ८ गाउँपालिकामा विजयी भएर पहिलो स्थानमा रहेको छ ।
सात गाउँपालिकामा आफ्नो खाता खोल्दै कांग्रेसले दोस्रो स्थानमा ओगटेको छ । तेस्रोमा माओवादी केन्द्र रहेको छ ।
उसले एक नगरपालिकासहि ४ गाउँपालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले निर्विरोध २ पालिका बाहेक अहिलेसम्म खाता खोलेको छैन ।
सबैले चासोसाथ हेरिएको ६ महानगरमध्ये काठमाडौंमा पुराना र ठुला भनिएका राजनीतिक दलहरूलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
प्रारम्भिक नतिजा अनुसार ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । चितवनको भरतपुरमा माओवादी केन्द्र, पोखरामा एकीकृत समाजवादी, वीरगञ्ज र विराटनगरमा पनि गठबन्ध नै उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
पछिल्लो नतिजा अनुसार कांग्रेस प्रमुख÷अध्यक्षमा २६६ पालिकामा अग्रता लिएको छ । एमाले १८३ सहित दोस्रो र ११० स्थानमा माओवादीले अग्रता लिँदै तेस्रो स्थानमा अग्रता लिएको छ । चौंथोमा जसपा र पाचौंमा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
एमालेले जितेका स्थानीय तह
१.लो–घेकर दामोदरकुण्ड गाउँपालिका–मुस्ताङ, लोप्साङ छोम्पेल विष्ट
२.वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –मुस्ताङ, रिङजीन नामगेल गुरुङ
३.मनाङ डिस्याङ गाउँपालिका– मनाङ, धावा गुरुङ
४.चामे गाउपालिका–मनाङ, लोकेन्द्र बहादुर घले
५.शेफोक्सुण्डो गाउँपालिका– डोल्पा, धावा सम्डुक गुरुङ(निर्विरोध)
६.लोमङ्थाङ गाउँपालिका– टसी न्हर्बु गुरुङ
७.साइपाल गाउँपालिका– बझाङ, मानबहादुर बोहरा
८.खुम्बु पासाङल्हामु गाउँपालिका– सोलु मिङ्मा छिरी शेर्पा
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया