NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुनको मुल्य १३०० रुपैयाँले घट्यो

काठमाडौं । साताको पहिलो दिन सुनको मुल्य  एक हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९६ हजार ५०० मा कारोबार भइरहेको छ ।

गत बिहीबार सुन प्रतितोला ९७ हजार आठ सयले कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भइरहदा बिहीबारको लागि ९७ हजार ३ सय रूपैयाँ कायम भएको थियो ।

आइतबार चाँदी १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार चाँदी एक हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष