NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

डाक्नेश्वरी २ मा पुनः मतदान

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा पुनः मतदान सुरु भएको छ ।

मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आइतबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

अपाङ्गता भएको महिलाले रुचाएको चिह्नमा छाप लगाउन अह्राएकोभन्दा यादवले फरक चिह्नमा छाप लगाएको आरोपमा आक्रोशित समूहले उनलाई कुटपिट गरी मतपेटिका तोडफोड गरेपछि सर्वदलीय वैठकले मतदान स्थगित गरेको थियो । सोही बैठकको निर्णयअनुसार मतदान भइरहेको हो ।

घटनापछि डाक्नेश्वरी–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटै मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो । डाक्नेश्वरी नगरमा १० वडा रहेका छन् ।