NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पार्किङ गरेर राखेका २ ट्रकबाट १ लाखभन्दा बढी मूल्यको डिजेल चोरी

काठमाडौं । झापाको बिर्तामोडमा पार्किङ गरेर राखेका दुईवटा ट्रकबाट डिजेल चोरी भएको छ । आँगनमा पार्किङ गरेर राखेको ट्रकबाट ७२० लिटर डिजेल चोरी भएको हो ।

बिर्तामोडका व्यवसायी लोकेन्द्र बोहोराका दुई ट्रकको डिजेल चोरी भएको हो ।

पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । शनिबार बेलुकामात्रै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै पेट्रोल प्रतिलिटर १७० रूपैयाँ, डिजेल १५३ रूपैयाँ पुगेको छ ।

मूल्य बढेसँगै बिर्तामोडमा चोरीका घटना बढ्दै गएको व्यवसायी बोहोराले नेपालवाचलाई बताए । उक्त स्थानबाट डिजेल ब्याट्रीसमेत हराउन थालेको उनले जानकारी दिए ।

‘बिर्तामोडमा हिजोआज डिजेल ब्याट्रीसमेत हराउने गरेको छ । सबैजना सजग रहनु होला !’, उनले भने ।

आजको मूल्यअनुसार हिसाब गर्दा दुई ट्रकबाट एक लाख १० हजार ६० रूपैयाँ बराबरको तेल चोरी भएको छ ।