NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमाले सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित भएपछि…

काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । गणतन्त्र स्थापनापछि दोस्रो पटक भएकोको यो निर्वाचनमा रोचक परिणाम पनि आउनेक्रम जारी छ ।

यो निर्वाचनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै वडामा उम्मेदवारलाई जिताउन सकेनन् ।

उनले मत दिएका गन्यापधुरा गाउँपालिका–१ वडाध्यक्ष पराजित भएका थिए । उनको निवास रहेको काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामासमेत कांग्रेसका उम्मेदवार पराजित भए ।

काठमाडौं महानगरपालिकामा एमाले, कांग्रेस र माओवादीका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले पछाडि पार्दै निरन्तर अग्रता बढाइराखेका छन् ।

यस्तै रोचक घटना स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा भएको छ । त्यहाँ पूर्वमन्त्री तथा एमाले सचिव पद्मा अर्यालका पति लक्ष्मिपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन् ।

पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् । खसेको कुल मत १ हजार ८३४ मध्ये अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए ।

पराजित भएपछि पौडेलको स्टाटस यस्तो छ :

पराजित भएका पौडेलले सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै लेखेका छन् । ‘चुनावमा गए पछि हार जित भइहाल्छ ।

जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अबस्थमा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथी धैर्य बनौं । निर्वाचन अभियानमा सहयोग गर्नुहुने र मतदान गर्नुहुने सबैमा हार्दिक आभार सहित धन्यबाद !’, उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष