NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अपडेट : झलनाथको गृहनगरमा नेकपा एसलाई राहत, हेर्नुहोस् मत परिणाम

काठमाडौँ । बरिष्ठ नेता झलनाथ खनालको गृहनगर इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

नेकपा एमालेका उम्मेदवार काजीमान कागते ठूलो मतअन्तरमा पछाडी परेका छन् ।

सूर्योदय नगरपालिकामा नेकपा समाजवादीका मेयरका उम्मेदवार रनबहादुर राईले १२५३ मत प्राप्त गर्दा एमालेका मेयरका उम्मेदवार कागतेले ८०३ मत प्राप्त गरेका छन् ।

सूर्योदय नगरपालिकामा एमाले विरुद्ध कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा उम्मेदवारी दिएका थिए ।

उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका दुर्गाकुमार बरालले ११६० मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेका दुर्गादेवी भट्टराईले ८ सय २५ मत प्राप्त गरेकी छिन् ।

अहिलेसम्मको मतगणना परिणामले झलनाथको गृह नगर सूर्योदया नगरपालिकामा नेकपा समाजवादी विजयी हुने देखिएको छ ।