NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

‘डिट्ठासाब’ अब वडा सदस्य !

काठमाडौं । ‘डिट्ठासाब’ उपनामबाट परिचित कलाकार किशोर भण्डारी कांग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन् । उनी काठमाडौंको तारकेश्वर नगरपालिका–२ को वडा सदस्य पदमा विजयी भएका हुन् ।

काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका छन् ।