NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

माओवादीको लालकिल्ला थवाङ एमालेले भत्कायाे

रोल्पा । नेकपा एमाले रोल्पाको थवाङमा पनि विजयी बनेको छ । थवाङ माओवादी जनयुद्धको प्रमुख आधार इलाका हो । यसलाई माओवादी आन्दोलनको लालकिल्ला भनेर चिनिन्छ ।

माओवादीको लालकिल्ला थवाङलाई एमालेले भत्काएको छ । थवाङ गाउँपालिका – ४ को वडाध्यक्षमा एमालेका हिक्मत घर्तीमगर विजयी भएका छन् ।

थवाङमा एमाले विजयी भएको पहिलो पटक हो ।

यसैगरी रोल्पाकै त्रिवेणी गाउँपालिका –२ को वडाध्यक्षमा पनि एमालेका कविराज बुढामगर र गंगादेव गाउँपालिका – ६ को वडाध्यक्षमा एमालेकै वीरबहादुर वली विजयी भएका छन् । यस्तै रुन्टीगढी गाउँपालिका – ३ को वडाध्यक्षमा गणेश गिरी विजयी भएका छन् ।