NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बालेनको बारेमा यस्तो लेखे भारतीय मिडियाले

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले दुई प्रमुख दलका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन् । अहिलेसम्मको नतिजा हेर्दा बालेनले ३५३२ मत प्राप्त गरेका छन् भने एमालेका तर्फबाट मेयर उम्मेदवार केशव स्थापितले १८५६ र नेपाली कांग्रेसकी उम्मेदवार १६६८ मत ल्याएकी छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन उम्मेदवारी दर्ता गरेदेखि नै चासो र चर्चाका विषय बनेका थिए । बालेनले विशेष गरी देशभरका युवाको समर्थन पाएका छन् । बैशाख ३० गते भएको निर्वाचनपछि यसको नतिजाका लागि देशभरको ध्यान नै अहिले काठमाडौं केन्द्रित भएको अवस्थामा भारतीय मिडियाले पनि बालेन बारे समाचार प्रकाशित गरेका छन् ।

भारतको दैनिक पत्रिका दैनिक जागरणले काठमाडौंको मेयर पदमा स्वतन्त्रका तर्फका उम्मेदवार बालेनले अग्रता लिएको उल्लेख गरेको छ । साथै जागरणले लेखेको छ, ‘युवाहरुको समर्थन जुटाइरहेका ३२ वर्षीय शाह एक लोकप्रिय र्‍याप गायक हुनुका साथै पेशाले इन्जिनियर पनि हुन् । तर, अझै धेरै मत गणना हुन बाँकी छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १८६ मत खसेको छ ।’

साथै ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकाको मतगणनाबारे पनि जागरणले लेखेको छ । यसमा ललितपुरमा गठबन्धनले नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको र एमालेले मेयरमा हरिकृष्ण ब्याञ्जनकरलाई उम्मेदवार बनाएको लेखेको छ । भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल, एमालेका विजय सुवेदी र जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा प्रतिस्पर्धा गरेको पनि भारतीय पत्रिकाले उल्लेख गरेको छ ।

हेर्नुहाेस् :

https://www.jagran.com/world/other-rap-singer-balen-shah-leading-in-kathmandu-mayoral-election-22713054.html