NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भरतपुर महानगर : रेनु २ मतले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै रहेको छ । महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा गठबन्धनको उम्मेदवारहरुले अग्रता कायम गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २४२५ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै प्रमुख पदमा नेकपा (एमाले)का विजय सुवेदीले २४२३ मत प्राप्त गरेका छन् ।
सुवेदीभन्दा दाहाल दुई मतले मात्र अघि छिन् ।