NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नुवाकोटको तारकेश्वर–३ मा कांग्रेसको प्यानल नै विजयी

उपाध्यक्षमा लिड गरिरहेकी भट्ट दोस्रोमा झरिन्

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ३ मा नेपाली कांग्रेसको सिंगो प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा एमालेलाई फराकिलो मतान्तरमा पराजित गर्दै कांग्रेसका सूर्यमान श्रेष्ठ विजयी भएका छन् । उनले ११२८ मतमा जित निकाल्दा एमालेका उम्मेदवारले मात्रै ३८२ मत प्राप्त गरेका छन् ।

खुला र समावेशी वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

यो गाउँपालिकामा अब वडा नंं. १ र २ को गणना गर्न बाँकी छ । चार वडाको मतपरिणाम सार्वजनिक हुँदा यहाँको गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् ।

प्राप्त पछिल्लो विवरणअनुसार गठबन्धनको तर्फबाट कांग्रेसका अध्यक्ष उम्मेदवार शिव अधिकारीले ३६५४ मत हासिल गरेका छन् । एमालेका रमेशबहादुर वस्तीको २२०४ मत छ ।

यसअघि सार्वजनिक परिणाममा उपाध्यक्षतर्फ एमालेकी उम्मेदवारले लिड गरेकोमा अहिले माओवादी अघि लागेको छ । माओवादीका हरिप्रसाद रिमालले २५९८ मत हासिल गर्दा एमालेकी कोपिला भट्टले २३०१ मतका साथ पछ्याइरहेकी छन् ।

ताजा अपडेट

नेपालवाच विशेष