NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्थापितमाथि बालेनको २२ सयभन्दा बढीको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता थप फराकिलो बनाउँदै लगेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेनले ४६४६ मत ल्याएका छन् । एमालेका केशव स्थापितले २४०५ मत ल्याएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छिन् ।

शीर्ष स्थानका बालेन दोस्रो स्थानका स्थापितभन्दा २२४१ मतले अघि छन् । दुवैको मत जोड्दा पनि बालेनको जति पुग्दैन ।