NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

स्थगित भएको भरतपुरको मतगणना पुनः सुचारू

काठमाडौं । विवादका कारण स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुचाररू भएको छ ।

वडा नम्बर २ मा खसेको मत भन्दा कम मत देखिएपछि एमालेका प्रतिनिधिले विवाद उत्पन्न गरेका थिए । यही विवादका कारण केही बेर मतगणना स्थगित भएको थियो ।

सर्वदलीय बैठकको सहमतिमा मतगणना सुरू भएको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि एमाले प्रतिनिधिले मतगणनाको विषयमा विवाद निकालेका थिए ।