NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भोजपुरको हतुवागढीमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेस विजयी

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजय भएका छन् । राईले ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सुनिता राई ३ हजार ७०८ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार कमला राईले ३ हजार ६११ मत पाएकी छिन् ।