NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भरतपुरमा रोचक प्रतिस्पर्धा : रेनु दाहाल ३० मतले पछि परिन्

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल पछि परेकी छिन् । निर्वाचन कार्यलय चितवनले दिएको पछिल्लो जानकारी अनुसार एमाले उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

८ हजार ६०० मत गणना हुँदा सुवेदीले ३ हजार ७६ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी दाहालले ३ हजार ४६ मत पाएकी छिन् । सोमबार रातिसम्म दाहाल झिनो मतले अगाडि थिइन् । १ र २ वडाको मत गणना गरी ३ मा पुग्दा सुवेदीले अग्रता लिएका हुन् । सुवेदीको मतान्तरण जम्मा ३० मत रहेको छ ।

उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । अधिकारीले ३ हजार ३०० मत पाउँदा राप्रपका उम्मेदवार हिमला गुरुङले २ हजार ४०० मत पाएका छन् ।