NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रोल्पा नगरपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । माओवादी आन्दोलनको आधारभूमि रहेको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका सुरेन्द्र थापा घर्ती मेयरमा निर्वाचित भएका हुन् । घर्ती ७ हजार ६०३ मतसहित विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत पाए । एमालेका उम्मेदवार घनाश्यम आचार्यले ५२४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।