NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पोखरा महानगर : ओलीको एमालेविरुद्ध माधव नेपालको कलम हावी

काठमाडौं । पोखरा महागनरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रतालाई बलियो बनाउँदै लगेको छ ।

एमालेका उम्मेदवारलाई पछि छोड्ने क्रममा माधव नेपाल नेतृत्वको समाजवादीका उम्मेदवार धनराज आचार्यले ३४६५ मत जोडेका हुन् ।

केपी ओली नेतृत्वको एमाले उम्मेदवार कृष्ण थापाले ३१०८ मत ल्याएका छन् । यो मत ८६९३ मतगणना हुँदाको हो ।

उपमेयर

उपमेयरमा भने सत्ता गठबन्धनतर्फ कांग्रेस उम्मेदवार कोपिला रानाभाट अगाडि देखिएकी छिन् ।

एमालेकी मञ्जुदेवी गुरूङले ३५७५ ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ३६ सय मत ल्याएकी छिन् । राप्रपाकी रञ्जिता सेनले ४३२ मत ल्याएकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष