NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ताप्लेजुङको मेरिङ्देनको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा समाजवादी विजयी

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको अध्यक्ष कांग्रेसको पोल्टामा परेको छ । उपाध्यक्षचाहिँ समाजवादीले जितेको छ ।

यहाँ कांग्रेसका युक हां वीर हांगाम एमालेका केदार जंग लिम्बूलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

विजयी हांगामले २ हजार ८६९ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी लिम्बुले २ हजार ७७० मत ल्याए ।

उपाध्यक्षमा एकीकृत समाजवादीकी दुर्गा प्रसाद श्रेङ चङ्गवाङ २ हजार ५९८ मतका साथ विजयी भएकी छन् ।

उनका नजिकका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले १ हजार ६५७ मत पाए ।