NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जहाँ एमालेले कांग्रेसविरुद्ध रोमाञ्चक जित निकाल्यो

काठमाडौं । डोटीको जोरायल गाउँपालिकामा एमालेले रोमाञ्चक जित हात पारेको छ । कांग्रेस अध्यक्षका उम्मेदवारलाई पराजित गर्दै एमालेले रोमाञ्चक जित हात पारेको हो ।

विजयी एमालेका दुर्गादत्त ओझाले ३४४९ मत ल्याए । तर ३७ मतले पछि पर्दै कांग्रसेका दीपककुमार विष्टले ३४१२ मत ल्याए । सत्ता गठबन्धनबीच तालमेल नभएको यो गाउँपालिकमा एकीकृत समाजवादीका किरण मल्लले १६५९ मत ल्याएका छन् ।

उपाध्यक्ष पनि एमालेले नै जितेको छ । एमालेकी एमालेकी जमुना कुमारी बोहरा ३५९९ मत ल्याएर विजयी भइन् । पराजित कांग्रेसकी चन्द्राकुमारी साउदको ३५१७ मत आयो ।