NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अछामको ढकारीमा कांग्रेस विजयी

काठमाडौं । अछामको ढकारी गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाममा यहाँको अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर साउद विजयी भएका छन् ।

साउदसँग धर्मबहादुर शाही र एकीकृत समाजवादीका शेरबहादुर बुढा प्रतिस्पर्धामा थिए । तर नतिजामा साउदले यी सबैलाई पछि पारेर जित दर्ज गरे ।

विजयी साउदले ३ हजार १८१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धर्मबहादुर शाहीले २ हजार ५५५ र समाजवादीका बुढाले १ हजार ५९० मत कटाउन सकेनन् ।

उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही ३ हजार १०० मतका साथ विजयी भएकी छन् ।

उनका प्रतिस्पर्धीहरू बुढा २ हजार ५७३ र देभकला चलाउने खत्री १ हजार ५७८ मतमा सीमित भए ।