NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

म्याग्दीको गाउँपालिकामा कांग्रेसको जित

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भवबहादुर भण्डारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका प्रेमबहादुर कार्कीलाई ७५९ मत अन्तरले हराउँदै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

भण्डारीले ४ हजार ३८ मतसहित जित निकाल्दा कार्की ३ हजार २७९ मतमा रोकिए ।

यहाँ माओवादी तेस्रो स्थानमा सीमित भएको छ । अध्यक्षको प्रतिस्पर्धामा रहेकी माओवादीकी मीना विकले मात्रै ९९५ मत ल्याइन् ।

उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुन विजयी भएकी छन् । उनले पाएको मत ३ हजार ३६४ छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवाल क्षेत्री १ हजार ७८३ मतमा समेटिए ।