NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भरतपुर महानगरमा कडा टक्कर, एमालेलाई चुनौती दिंदै रेनु

काठमाडौं । स्थानीय तह निर्वाचनको इपिसेन्टर भरतपुर महानगरपालिकामा एमाले र माओवादीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

मतगणनाको सुरुवातदेखि नै कडा प्रतिस्पर्धा देखिएको भरतपुरमा निरन्तर रोमाञ्चक प्रतिस्पर्धा देखिएको हो ।

पछिल्लो अपडेट अनुसार भरतपुर मेयरमा एमालेका विजय सुवेदीले ३२४२ मत ल्याएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले ३२२७ मत ल्याएर पछ्याइरहेकी छिन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले एक हजार भोट कटाइसकेका छन् । यसैले पनि भरतपुरमा मतगणनामा उनी निर्णायक हुन सक्ने देखिएको छ ।

यी दुई उम्मेदवारबीच सुरुदेखि नै कडा टक्कर देखिइरहेको छ ।