NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अछामको कमलबजारको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौं । अछामको कमलबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएका छन् ।

कमलबजार नगरपालिकाको मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनलाई नजिकबाट पछ्याएका एमालेका कटकबहादुर साउदले ४ हजार ५४ मत पाए ।

उपमेयरमा एमालेकी शारदाकुमार बिष्ट ४ हजार ५२८ मतका साथ विजयी भएकी छन् । उनलाई चुनौती दिएकी कांग्रेसकी गौरी भण्डारीले ३ हजार ६४८ मत पाइन् ।