NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

स्थानीय तह निर्वाचन : जनमोर्चाले खोल्यो सानदार खाता

काठमाडौं । राष्ट्रिय जनमोर्चाले यसपटकको स्थानीय तह निर्वाचनमा पहिलो जित निकालेको छ । प्यूठानको ऐरावती गाउँपालिकाको उपाध्यक्षको नतिजा फराकिलो मतान्तरसहित पोल्टामा पार्दै जनमोर्चाले जितको खाता खोलेको हो ।

जनमोर्चाका उपाध्यक्ष उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले यहाँ सानदार जित निकालेका छन् । श्रेष्ठले ४ हजार ६४७ मत ल्याएर जित दर्ज गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार टीकाबहादुर गुरुङले १ हजार ७२१ मत मात्रै ल्याए ।

एमालेकी कमलाकुमारी ज्ञवालीले १ हजार ५४७ मत पाइन् ।

ताजा अपडेट

नेपालवाच विशेष