NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सिन्धुपाल्चोकको हेलम्बुमा कांग्रेसको पल्लाभारी, शेर्पा पुनः बने अध्यक्ष

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा पुनः विजयी बनेका छन् ।

एमालेका दाबा लामालाई पछि पार्दै शेर्पाले अध्यक्षमा बाजी मारेका हुन् ।

प्राप्त अन्तिम मतपरिणामअनुसार अध्यक्षमा विजयी शेर्पाले ५ हजार ३८६ मत हासिल गर्दा एमालेका दावा लामाले ४ हजार ६०४ र माओवादी केन्द्रका पेमा लामाले मात्रै ८१३ भोट ल्याए ।

उपाध्यक्षमा अप्सरा लम्साल लामिछाने निर्वाचित भएकी छिन् । कांग्रेसको तर्फबाट चुनावी मैदानमा हेलिएकी उनले उनले प्राप्त गरेको मत ५ हजार २१४ छ । एमालेकी गंगा अर्यालले ४ हजार ६७१ मत पाइन् ।