NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

म्याग्दीको मंगला गाउँपालिका अध्यक्षमा एमाले विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सतप्रसाद रोका विजयी भएका छन् ।

२ हजार ९ सय ९८ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटम प्रतिद्धन्द्धी कांग्रेसका विरेन्द्र बुढाथोकिले २ हजार ६० मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार प्रेमकुमारी खत्री विजयी भएकी छिन् । उनी ३ हजार १ सय ७ मत सहित विजयी भएका हुन् ।